दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

Kim-Jong-Un and Moon-jae

काठमाडौं, १५ बैशाख । नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ।

सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार