३० साउन, जनकपुर । सामाजिक अभियन्ता एवं कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन् ।
कलाकार कट्टेल धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष हुन् । उनले जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज राहत वितरण गरेका हुन् ।
बाढी पीडितलाई उनले चाउचाउ, बिस्कुट, चिउरा, दालमोट, मुरह, पानीलगायतको खाद्यान्न वितरण गरेका छन् । उनले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार बाढी पीडितलाई राहत वितरण गरेका थिए ।