काठमाडौं, १४ वैशाख । विज्ञहरुले भूकम्प पछिको उद्दार र व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी गरिनुपर्नेमा जोड दिएका छन् ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यशाला गोष्ठिमा विज्ञहरुले विपद् पछिको अवस्था व्यवस्थापनका लागि पूर्व तयारी गरिनुपर्ने बताएका हुन् ।
कार्यशालामा खानी तथा भूगर्भ विभागका महानिर्देशक रमेश खनालले नेपालमा आगामी दिनमा आउनसक्ने भूकम्प लगायतका विपद् व्यवस्थापनका लागि बेलैमा सचेत हुनुपर्ने बताए । कार्यशालामा नेपाल, फ्रान्स, अमेरिका, जापान लगायतका देशका भुगर्भविद्हरुको सहभागिता रहेको थियो ।