नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठको दाबी

काठमाडौं, १४ बैशाख । सभापति शेरबहादुर देउवाले दुई वर्षदेखि पदाधिकारी मनोनयन गर्न नसकिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा दुई नेताले उपसभापतिमा दाबी गरेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले उपसभापतिमा दाबी गरेका हुन् । सभापति देउवाले बिमलेन्द्र निधिलाई उपसभापति बनाउने तयारी गरिरहेका बेला गच्छदार र श्रेष्ठले उपसभापति आफूले पाउनुपर्ने दाबी गरेका हुन् । गच्छदारले निर्वाचनमा पार्टीको पराजयका सन्दर्भमा आफ्ने धारणा राख्ने क्रममा निर्वाचनअघि सभापति देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको बताए ।

गच्छदारले निर्वाचनको मुखमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई नेपाली कांग्रेसमा विलय गराएका थिए । गच्छदारले बैठकमा तीन घण्टा लामो धारणा राखेका थिए । गच्छदारअघि बोलेका श्रेष्ठले पनि सभापति आफूले पाउनुपर्ने बताएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठक आज पनि बस्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);