बाजुराका कृषकहरु हिँउदे बाली भित्र्याउन व्यस्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

बाजुराका कृषकहरु हिँउदे बाली भित्र्याउन व्यस्त

bajura

मदन विश्वकर्मा
बाजुुरा, १३ बैशाख
। बाजुराका कृषकहरु हिँउदे बाली भित्र्याउन व्यस्त भएका छन् । तर गत चैतमामा परेको असिना पानीले बाली नष्ट गरेपछि उत्पादन घट्ने भएको छ । बाजुराका अधिकांश कृषिमा निर्भर भएपनि बार्षिक झण्डै १२ हजार मेट्रीक टन खाद्यन्न अपुग हुने गरेको छ । खेतीयोग्य जमिनमा सिंचाइ सुविधा नहुँदा बाजुरामा खाद्यन्न संकट हुने गरेको छ ।

बाजुराका कृषकहरु हिँउदे बाली गँहु भित्र्याउन व्यस्त छन् । थे्रसर मेसिनको प्रयोगबाट कृषकहरले गँहु बाली भित्र्याउन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषकका लागि ३ लाख अनुदान र महिला कृषक समूहले ६१ हजार लगानी गरेर थे्रसर मेसिन संचालनमा ल्यायएको हो ।थे्रसर मेसनबाट अन्नबाली भित्र्याउन कृषकलाई सहज भएको छ ।

बाजुराका अधिकांश कृषिमा निर्भर भएपनि खाद्यन्न बालीले वर्षभरी गुजरा चलाउन समस्या हुने गरेको छ । कृषि विकास कार्यालय बाजुराको अनुसार जिल्लाको कुल जनसंख्याको ९० प्रतिशत कृषि पेशामा आश्रित छन् । २ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन ११ प्रतिशत मात्र छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै सिंचाई हुने गरेको छ ।

खेतीयोग्य जमिनमा सिंचाइ सुविधा नहुँदा बाजुरामा खाद्यन्न संकट हुने गरेको छ । बाजुरामा यो बर्ष गँहु बाली ४ हजार ९ सय ७५ हेक्टरमा लगाइएको छ । यो बर्ष गँहु ५ हजार ४ सय ७३ मेट्रिक टन उत्पादन हुने अनुमान छ । तर तर गत चैतमामा परेको असिना पानीले बाली नष्ट गरेपछि उत्पादन घट्ने भएको छ ।

बाजुराका कृषकहरुले पुरानै बिउ र पुरानै शैलीमा खेति गर्दा उत्पादन कम हुने गरेको छ । जिल्लामा उत्पादित खाद्यन्न ६ महिनाको लागि मात्र पुग्ने गरेको छ । सबै खेतीयोग्य जमिनमा सिंचाइ सुविधा हुने हो भने १२ महिनाको लागि खाद्यन्न उत्पादन गर्न सकिने सरोकारवालाको भनाई छ । त्यसैले खेतियोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउन कृषकहरुले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);