राजपालाई अझै सशक्त बनाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजपालाई अझै सशक्त बनाउने घोषणा

rajapa

काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीलाई अझै सशक्त बनाउने घोषणा गरेको छ । पार्टीको काठमाडौंमा आयोजित प्रथम वार्षिक कार्यक्रममा बोल्दै नेताहरुले पार्टीलाई अझै सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन ।

विगतमा भएका कमी कमजोरीबाट सिकेर पार्टीलाई अझै सशक्त बनाउने संकल्प गरिएको पार्टीका नेता राजकिशोर यादवले बताए । उनले मुलुकलाई समृद्ध बनाउने अभियाको पनि पार्टीले नेतृत्व लिने बताए ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस नेताहरु अर्जुन नरसिंह केसी लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने कार्य व्यवस्तताका कारण उपस्थित भएका थिएनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);