पृथ्वीबाट डायनोसर यसरी भयो लोप | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पृथ्वीबाट डायनोसर यसरी भयो लोप

एजेन्सी, ७ वैशाख । कुनैबेला पृथ्बीमा पाइने डायनोसर बिलुप्त भएपछि त्यसबारेमा अनेक कथा र भनाइ चर्चामा आएतापनि यथार्थ के हो त्यस बारेमा अध्ययनमा संलग्न बैज्ञानिकहरुले साँढे ६ करोड बर्ष पहिले पृथ्बीमा उल्का पीण्डको प्रभावका कारण डायनोसर बिलुप्त भएको बताएका छन् ।

त्यतीबेला ठूलो परिमाणमा पृथ्बीका जीव र रुख बिरुवा नष्ट भएको भनिन्थ्यो । यसबारे यथार्थ के हो भन्ने बारेमा अहीले बैज्ञानिकहरु अध्ययनमा जुटेका छन् । डायनोसरको कथा नसुन्ने कोइ छैनन् । यसबारेमा अनेक मनगढन्ते कथा चर्चामा रहेको पाइन्छ ।

तर बास्तबिकता के हो यसबारेमा बैज्ञानिकहरु अध्ययनमा जुटेका छन् । एक अध्ययन अनुसार २३ करोड बर्ष पहिले पृथ्बीमा ठूलो परिमाणमा जीव जन्तु नष्ट भइरहेको बेला डायनोसरको भने बिस्तार भइरहेको थियो । एक अध्ययनमा इटलीको म्यूजियम एण्ड साइन्स यूनिभरसिटीज अफ फेरेरा एण्ड पाडोभा र बेलायतका यूनिभरसिटी अफ ब्रिष्टलका बैज्ञानिकहरुले डायनोसरको बिस्तार संकटबाट भएको बताएका छन् ।

त्यस बखत पृथ्बीमा रुख बिरुवासमेत नष्ट हुँदै गएको थियो । एकथरी बैज्ञानिकले डायनोसरको उत्पत्ती मध्यजीविय युगको सुरुवाती कालको आरम्भ भन्दा पहिले करिव साँढे चौबिस करोड बर्ष पहिले भएको बताएका छन् ।

बेलायती बैज्ञानिकहरुले अनुसन्धान गर्दा डायनोसरको खुट्टाको चिन्ह र अस्थिपञ्जरबाट यसबारेमा थप जानकारी प्राप्त भएको बताएका छन । बैज्ञानिकहरुको पछिल्लो अध्ययन र अनुसन्धानले डायनोसरको अस्तित्व पृथ्बीमा रहेको पुष्टि हुन्छ ।

साँढे ६ करोड बर्ष पहिले पृथ्बीमा उल्कापीण्ड झर्न थालेपश्चात डायनोसर बिलुप्त भएको थियो । डायनोसर अन्टार्कटिका सहित सबै महाद्धीपमा रहन्थे प्राय डायनोसर शाकाहारी हुन्थे ।

दुइ खुट्टामै दौडिन सक्ने डायनोसर मध्येका सबैभन्दा लामो पंजा भएका डायनोसरको नाउँ थियोजिनोसोरस थियो । यसको पंजा ३ फीट लामो थियो । डायनोसर एक घण्टामा ७० किलोमिटरको दुरी तय गर्न सक्थ्यो । बैज्ञानिकहरुले डायनोसरको बारेमा अझै धेरै अध्ययन अनुसन्धानको खाँचो रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);