भारतका प्रधानन्यायाधीश विरुद्ध महाअभियोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतका प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

india chief justice

एजेन्सी , ७ बैशाख । भारतीय सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध राज्यसभामा महाअभियोग प्रस्ताव पेश गरिएको छ । कांग्रेस नेतृत्वको विपक्षी दलहरुले प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् ।

राज्यसभामा विपक्षी दलका नेता गुलाम नबी आजाद र कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । राज्यसभाका अध्यक्षले उक्त प्रस्ताव स्वीकार गरेको अवस्थामा भारतीय न्यायिक इतिहासमा मिश्रा महाअभियोगको सामना गर्ने पहिलो प्रधानन्यायाधीश हुनुहुनेछ ।

यसअघि इतिहासमै पहिलोपटक सर्वाेच्च अदालतका ४ वरिष्ठ न्यायाधीशले न्यायालयभित्र भइरहेको अनियमितता र प्रधानन्यायाधीशको एकलौटी गतिविधीको विरोध गर्दै पत्रकार सम्मेलन गरेका थिए । मिश्रामाथि सत्तारुढ भाजपालाई संरक्षण दिएको, न्यायालयको नैतिकताभन्दा बाहिर गएको आरोप लाग्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);