त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा धसिएको विमानलाई अन्यत्रै सारियो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा धसिएको विमानलाई अन्यत्रै सारियो

malindo airlines

काठमाडौं, ७ बैशाख । विमानस्थलको धावन मार्गमै एउटा विमान धसिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण पुनः सुरु भएको छ ।

मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज विमानस्थलको धावन मार्गमै धसिएपछि सम्पूर्ण उडान तथा अवतरण अबरुद्ध भएको थियो । उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारेपछि झण्डै १४ घण्टापछि उडान पुनः सुरु गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा हिजो राति करिब सवा १० बजे रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेर दुर्घटना हुनबाट जोगिएको थियो । मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १ सय ३९ यात्रु थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);