काठमाडौं, ६ बैशाख । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा अर्थमन्त्रालय जुटेको छ । आर्थिक स्रोतको परिचालन र समृद्धिका योजनालाई प्राथमिकतामा राखिएको मन्त्रालयको दाबी छ ।
चालू आर्थिक वर्ष ०७४–७५ सकिन करिब तीन महिनामात्रै बाँकी रहँदा अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तर्जुमामा जुटेको छ । चुनावपछि स्थानीय तह र प्रदेश सरकार बनिसकेकाले अबको बजेट विगतकोभन्दा फरक प्रकृतिको हुनेछ । आर्थिक स्रोतको परिचालन र समृद्धिका योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।




