बुधबार नेप्से ३१ दशमव ८३ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार नेप्से ३१ दशमव ८३ अंकले बढ्यो

काठमाडौं, ५ वैशाख । बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से ३१ दशमव ८३ अंकले बढेर १३ सय ६३ अंकमा पुगेको हो । दोहोरो अंकले बढेको बजारमा बुधबार अन्तिम १ घण्टा तीब्र उतारचढाव देखिएको थियो । बुधबार ६ महिना पछि १ अर्ब माथिको सेयर किनबेच भएको छ । गत मङ्सिर १३ गते पछि १ अर्ब माथिको सेयर कारोबार भएको थिएन ।

मङ्सिर १३ गते १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको थियो । बुधबार १ सय ६५ कम्पनीको १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भयो । आइतबारदेखि मन्द गतिमा बढ्न थालेको बजार बुधबारसम्म आइपुग्दा व्यापक वृद्धि भएको हो ।

मंगबारसम्म विशेष गरी बिमा कम्पनीहरु उचालिएका थिए । बिमाको पछिपछि माइक्रोफाइनान्स र होटेल समूह पनि लागेका थिए । तर बुधबार बैंकिङ समूह पनि उचालिएको छ । सूचक र कारोबार रकम दुवैमा उछाल आएकाले बजारको वृद्धि दिगो हुनेमा लगानीकर्ताको विश्वस्त देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);