कैलाली, ६ बैशाख । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वको लागि कोषाध्यक्ष पुष्पराज कुँवरले आफ्नो प्यानलको घोषणा गरेका छन् । व्यावसायिक एकता र आर्थिक समृद्धि भन्ने नारकासाथ कुँवरले आफ्नो प्यानलको घोषणा गरेका हुन् ।
कुँवरको प्यानलमा वरिष्ठ उपाध्यक्षका लागि पुष्कर ओझा, उपाध्यक्षमा भुवन केसी, शिव कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्साल छन ।
प्यानलले प्रदेश ७ लाई भातरसँग जोडने गौरीफन्टा नाका र चीनसग जोड्ने बझाङको ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाका बनाउन पहल गर्ने एजेण्डा बनाएको छ । नयाँ नेतृत्वको लागि आगामी बैशाख २१ गते निर्वाचन हुँदै छ ।




