गोपाल पोखरेल
उदयपुर, २ वैशाख । उदयपुरको सदरमुकाम गाइघाटका व्यवसायीले सडक वरपर ग्यासका सिलिण्डर राखेर व्यवसाय गर्दा यातायात आवागमनमा बाधा परेको छ । यति मात्र होइन सडकमा हिडिरहेका बटुवा सिलिण्डर ढलेर दुर्घटनामा पर्न सक्ने जोखिम पनि बढेको छ ।
ग्यास डिलरले बस्ती भन्दा २ किलोमिटिर दुरीमा भण्डारण गर्नुपर्ने प्रावधन छ । तर व्यवसायीले सडक छेउमै ग्यासको सिलिण्डर राखेर बिक्री गर्ने गरेका छन् ।
उदयपुर सदरमुकामका व्यवसायीले नाफा कमाउने उद्देश्यले सडक छेउछाउमै सिलिण्डर राखेर व्यवसाय संचालन गर्ने गरेका छन् । जथाभावि सिलिण्डर भण्डारण गर्दा दुर्घटानाको जोखिम बढेको छ । व्यवासायीले जथाभावि भण्डारण गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
ग्यास डिलरले बस्ती भन्दा २ किलोमिटिर दुरीमा भण्डारण गर्नुपर्ने प्रावधन छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले बजार क्षेत्र भित्र ग्यासका गोदाम नराख्न र सडकमा रहेका पसलमा ग्यास बेच्न नदिने बताएपनि कार्यान्वयन हुन सकेको छैन । पसल अगाडी ग्यास राख्दा ग्राहकलाई बेच्न सजिलो हुने भएकाले व्यापारीले सडक छेउमै राख्ने गरेका हुन् ।





