आर्थिक अनियमितता अन्त्य गर्न सरकारलाई महालेखाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आर्थिक अनियमितता अन्त्य गर्न सरकारलाई महालेखाको निर्देशन

काठमाडौं, ३० चैत । महालेखा परीक्षकको कार्यालयले आर्थिक अनियमितता हुन नदिन सरकारलाई कडा निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले बेरुजु हुन नदिन राज्यका सबै निकायलाई सचेत गराएका छन् । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ५ खरव ८ करोड बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनबारे छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महालेखा परीक्षक दंगालले अव मुलुकमा बेरुजु, भ्रष्टाचारजस्ता विकृतिहरु नहुने विश्वास व्यक्त गरे ।

उनले आफ्नो कार्यालयले विषयगत ढंगले प्रतिवेदन ल्याएर राज्यका सबै निकायलाई आर्थिक अनियमितता हुन नदिन सचेत गराएको पनि स्पष्ट पारे ।

महालेखा परीक्षक दंगालले स्थानीय तहको पनि लेखा परीक्षणको काम गरिएको स्पष्ट पारे । उनले महोत्तरी जिल्लाको ६ वटा स्थानीय तहमा हुन बाँकि रहेको लेखा परीक्षणको काम पनि तत्काल सुरु गर्ने योजना सुनाए ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा सबैभन्दा बढि बेरुजु मन्त्रालयगत रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यस वर्ष कूल ४६ खरव ८७ अरव ९१ करोड रुपैयाँको लेखा परीक्षण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);