निर्वाचन मतदातामैत्री बनाउन जियोकको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचन मतदातामैत्री बनाउन जियोकको सुझाव

GEOC

काठमाडौं ३० चैत । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आगामी निर्वाचनहरु मतदातामैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । शुक्रबार काठमाडौंमा निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै जियोकका अध्यक्ष हिमालयशमेशर राणाले आगामी निर्वाचनहरु मतदातामैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

जियोकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गरेको थियो । अबदेखि निर्वाचनको मिति फागुनदेखि बैशाखभित्र हुनेगरी तय गर्न उपयुक्त हुने निष्कर्ष पनि जियोकले निकालेको छ । जियोक अध्यक्ष राणाले मतदानबाट बञ्चित नहुने गरी मतदाता नामावली अद्यावधिक गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।

जियोकले आचारसंहिता पालना गराउन निर्वाचन आयोगलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । त्यसैगरी मतदाता परिचयपत्र स्थानीय स्तरमै वितरण गर्ने भरपर्दो व्यवस्था गर्न आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);