हिमताल हाइड्रोपावर र अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना अघि बढ्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हिमताल हाइड्रोपावर र अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना अघि बढ्ने

upper masayandhi

काठमाडौं, २७ चैत । भारतीय कम्पनी जीएमआरअन्तर्गतको हिमताल हाइड्रोपावर ६ सय मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना अघि बढ्न लागेको छ ।

२०६३ मै सर्भे अनुमतिपत्र लिएको र पाँच वर्षअघि आयोजना विकास सम्झौता (पीडीए) का लागि लगानी बोर्डमा निवेदन दिएको कम्पनी आयोजना बनाउन बल्ल सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका मौका छोपेर भारतीय कम्पनीले पीडीए प्रक्रिया अघि बढाउन लागेकोमा भने यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भारतीय कम्पनी जीएमआरअन्तर्गतको हिमताल हाइड्रोपावर ६ सय मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना अघि बढाउने भएको हो । हिमताल हाइड्रोपावरले पाँच वर्षअघि पीडीएका लागि निवेदन दिएपछि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । ठूला आयोजना भएकाले पीडिए नेगोसिएसनका लागि प्रतिमेगावाट १५ सय डलर शुल्क तोकेकोमा अपर मस्र्याङ्दी आयोजनाले आफूले पहिल्यै निवेदन दिएकाले शुल्क नतिर्ने बताउँदै आएको थियो । करिब ५ वर्षपछि आयोजनाले प्रतिमेगावाट १५ सय डलर अर्थात करिब ९ करोड ३० लाख रुपैयाँ बोर्डलाई बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);