एजेन्सी, २६ चैत । सिरियाको एक सैन्य विमानस्थलमा मिलाईल आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेस नजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसाइल आक्रमण भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । आक्रमणका परी कयौं मानिस घाइते भएका छन् ।
विद्रोहीको नियन्त्रणमा रहेको डोमा शहरमा रासायनीक आक्रण भएको केही दिनमै सैन्य विमानस्थलमा आक्रमण भएको हो । अमेरिका र फ्रान्सले रासायनीक आक्रमणलाई लिएर जवाफी कार्बाहीको धम्की दिएका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको डोमा शहरमा भएको रासायनीक आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले सिरियाका राष्ट्रपति बसर अल असदलाई जनावरको संज्ञा दिएका छन् । उनले क्रुरतापूर्ण आक्रमण गर्न असदलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानले साथ दिएको आरोप लगाए ।