एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवासमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवासमा सुरु

moist umle

काठमाडौं, २२ चैत । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा कार्यदलले तयार पारेका दुईवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकले छलफलपछि दुवै प्रतिवेदनलाई अन्तिम रुप दिने दुवै दलका नेताहरुले बताएका छन् । दुई पार्टीबीच चुनाव चिन्ह, विधानमा जनयुद्ध शब्द राख्ने/ नराख्ने र सांगठनिक संरचनमा रहने सदस्यबारे सहमति हुन बाँकी छ ।

दुवै पार्टीका कार्यदलका संयोजकले कार्यदल तहमा सहमति हुन बाँकी विषय टुंग्याएर आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्न यसअघि नै सुझाव दिइसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);