झापा, २१ चैत । झापाको भद्रपुरमा गस्तीमा रहेको प्रहरी टोलीमाथी खुकुरी प्रहार भएको छ । मदक पदार्थ सेवन गरेका भद्रपुर ४ महेशपुरका सुभाष राईले खुकुरी प्रहार गर्दा दुई प्रहरी घाइते भएका छन् ।
खुकुरी प्रहारबाट सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको बिर्तामोडस्थित बिएण्डसी अस्पताल उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरेको छ ।