वडाध्यक्षलाइ खुकुरी प्रहार गर्ने दुईजना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

वडाध्यक्षलाइ खुकुरी प्रहार गर्ने दुईजना पक्राउ 

सुर्खेत। वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते  खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो ।

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);