अनशनरत डा केसीको जीवन बचाउन माग, मानवअधिकारको रक्षा गरिनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

साउन २७, काठमाण्डौं ।

सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको नेपाल विद्यार्थी सङ्घका नेताहरुले जीवन रक्षाको माग गरेका छन् ।

 

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विद्यार्थी नेताहरुले न्याय माग्दा मृत्यु पाउने रीतको अन्त्य हुनुपर्ने, शिक्षाविद् केदारभक्त माथेमाको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य विधेयक यथाशीघ्र पारित गरिनुपर्ने, शान्तिपूर्णरुपमा माग राख्ने नागरिकको मानवअधिकारको रक्षा गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

 

नेताहरुले केसीको माग पूरा गरी छिटो अनशन तोडाउने पहल गर्न सरकारसँग माग पनि गरेका छन् ।

ताजा समाचार