‘जव एण्ड करिअर फेयर’ आजदेखि शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२७ साउन, काठमाडौँ ।
बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले ‘जव एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) आजदेखि शुरु भएको छ ।

 

अधिकारी क्रियाटिभ कन्सर्नको आयोजनामा भएको मेलाको श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेपाल पुलिल क्लबमा उद्घाटन गर्नुभएको हो । शिक्षित युवालाई रोजगार दिनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले अहिले सरकारले स्वदेशमा नै युवालाई रोजगारको अवसर दिने योजना बनाइरहेको जानकारी दिनुभयो ।

 

शनिबारसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधैँ सम्पर्क गराई जागिरको अवसर दिलाउन मेला आयोजना गरिएको कार्यक्रम संयोजक शङ्कर भट्टराईले जानकारी दिनुभयो ।मेलामा नेपालका १८ र भारतका दुई कम्पनीले सिधँै रोजगारको अवसर दिनेछन् । मेलाबाट ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गर्नेछन् ।

 

भट्टराईका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

 

मेलाका सहभागी युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउने छन् भने मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी पनि छानिने छन् ।
युवा विद्यार्थीलाई मेलामा व्यक्तिगत विवरण बनाउन पनि सिकाइने तालिका पनि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);