निगमले १८ महिनाभित्रमा आठ वटा बिमान खरिद गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

निगमले १८ महिनाभित्रमा आठ वटा बिमान खरिद गर्ने

काठमाडौं, २० चैत । नेपाल वायुसेवा निगमले आगामी जुनको दोस्रो सातासम्ममा दुई वटा वाईड वडी जहाज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा थप सेवा विस्तार गर्न दुई वटा वाईड वडी जहाज सञ्चालन गर्न लागेको जनाएको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अन्तर्राष्ट्रिय र आन्तरीक दुवैतर्फ सेवा बृद्धि गर्न आगामी १८ महिनाभित्र ६ वटा टुइनटर र थप २ वटा ए ३२०–२०० विमान खरिद गर्न प्रक्रिया सुरु गरेको बताए ।

त्यस्तै निगमले हवाई सुरक्षालाई प्राथमिकता दिँदै इन्जिनियरिङ र सञ्चालनतर्फ १-१ जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने जनाएको छ । मर्मतसम्भारतर्फ पनि निगमले अन्य एयरलाइन्सले गर्ने गरेको बढी प्रभावकारी प्रणाली अंगिकार गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);