दाङ, १९ चैत । दाङको तुलसीपुर उमहानगरपालिका ५ नम्वर वडा कार्यालयले बजार क्षेत्रमा फ्रि वाइफाई सेवा सुरु गरेको छ । कार्यालयले फ्रि वाइफाई सेवा सुरु गरेपछि स्थानीयले लाभ लिइरहेका छन् । फ्रि वाइफाई सेवाले काममा सहज भएको भन्दै वडा अध्यक्ष विरेन्द्र शाहले अन्य ठाउँमा पनि बिस्तारको तयारी गरिएको बताए ।
वाइफाईको फ्रि सेवा भएपछि व्यापार व्यबसाय सञ्चालन गर्न सजिलो भएको व्यवसायीको भनाई छ । एकैसाथ एक सय जनाले वाइफाई चलाउन सक्ने छन् । तुलसीपुरको बिपीचौकलाई केन्द्र बनाएर कार्यालयले चैत १४ गतेदेखि फ्रि वाइफाइ सेवा सुरु गरेको थियो ।