धनगढी, १७ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता दोस्रो सस्करणआजबाट हुँदै छ । ६ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स भिड्दै छन् ।
धनगढीको नेपाल पुलिसको एएसपी मैदानमा हुने खेल दिउसो एक बजेबाट सुरु हुनेछ । टिम चौराहका कप्तान सोमपाल कामी हुन् भने काठमाण्डौ गोल्डेन्सको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् ।
प्रतियोगिताका लागि मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पीच गरिएको छ भने ७ हजार दर्शक अठाउने प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताका विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुनेले ३ लाख र चौंथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।