सरकार विकास र समृद्धिका लागि नै भएकाले नियतमाथि शंका नगर्न आग्रह :प्र.म केपी शर्मा ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सरकार विकास र समृद्धिका लागि नै भएकाले नियतमाथि शंका नगर्न आग्रह :प्र.म केपी शर्मा ओली

pm kp oli

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिका लागि नै भएकाले यसको नियतमाथि कुनै शंका नगर्न पनि आग्रह गरे ।

गरिबी र भ्रष्टाचारको अन्त्य गर्दै मुलुकलाई आर्थिक रुपमा अघि बढाउने योजना पनि उनले सुनाए । नेपालमा शान्ति र विकास नचाहने शक्तिले चलखेल गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल ट्रेड युनियन (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेसनमा प्रधानमन्त्री ओलीले सामाजिक सदभाव कायम राख्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

केही दिनअघि युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले विकसित र शान्तिपूर्ण नेपाल हेर्न नचाहने शक्तिले चलखेल गर्न खोजिरहेको आरोप लगाएका हुन् । नेपालीबीचको एकता फुटाउन केही शक्ति उद्यत देखिएको भन्दै ओलीले सबैलाई त्यसप्रति सजग रहन आग्रह पनि गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु, विभिन्न राष्ट्रका मजदुर संगठनका प्रतिनिधिहरु पनि सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);