एजेन्सी , १४ चैत । भारतको पश्चिम बंगालमा रामनवमीको जुलुसको विषयलाई लिएर हिंसा भड्किँदा एक जनाको मृत्यु भएको छ । दुई प्रहरी अधिकारी गम्भिर घाइते भएका छन् ।
दुई समुहबीचको विवादले हिंसाको रुप लिँदा आसनसोल दुर्गापुरका पुलिसका उपआयुक्त अरिंदमदत्ता चौधरी गम्भिर घाइते भएका हुन् । उनीमाथि प्रदर्शनकारीले बम फ्याकेपछि उनले एयटा हात गुमाएका छन ।
त्यसैगरी प्रभारी अधिकृत प्रमित गांगुलीको टाउकोमा चोट लागेको छ । हिंसामा ज्यान गुमाएका एक जनाको नाम खुल्न सकेको छैन ।