राष्ट्रिय औद्योगिक बस्तु प्रर्दशनीमा ५ करोड ५५ लाखको कारोबार | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८१, मंगलबार

राष्ट्रिय औद्योगिक बस्तु प्रर्दशनीमा ५ करोड ५५ लाखको कारोबार

money

काठमाडौं, १३ चैत । करिव पाँच करोड ५५ लाख बराबरको आर्थिक कारोबार गर्दै ‘२९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी’ सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको सो प्रर्दशनीमा करिव ५ करोड ५५ लाख बराबरको आर्थिक कारोबार भएको नेपाल घरेलु तथा साना उद्योग विकास समितिकी उपनिर्देशक विमला धितालले जानकारी दिइन् । प्रर्दशनीमा ५ लाख बढिले अवलोकन गरेका थिए ।

प्रर्दशनीको समापन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले गुणस्तरीय बस्तु उत्पादनमा जोड दिइन् । उनले नेपाली बस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपनि त्यस अनुसारको उत्पादन हुन नसकेको बताइन् । सचिव खतिवडाले आयात प्रतिस्थापन हुने गरी स्वदेशी बस्तुको उत्पादनमा जोड दिने सरकारको नीति रहेको स्पष्ट पारिन् ।

कार्यक्रममा ६६ जना उद्यमीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । नेपाल सरकार, घरेल तथा साना उद्योग विकास समितिको आह्वानमा प्रर्दशनी आयोजना गरिएको थियो । स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमा हरेक वर्ष राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);