सुनसरीका आगलागी पीडितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरीका आगलागी पीडितलाई राहत वितरण

aaglagi pidit

सुनसरी, १३ चैत । सुनसरीको कोसी गाउँपालिकाको अग्नी पीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीले कोसी गाउँपालिका १ का अग्नी पीडित विन्देश्वर मरिकका परिवारलाई राहत स्वरुप १ लाख १० हजार दिएको हो ।

आगलागीमा परि विन्देश्वरका १२ वर्षिय छोरा सुरज मरिकको मृत्यु भएको थियो । पीडित परिवारलाई किरिया खर्च बापत १ लाख र घर बनाउन १० हजार रुपैयाँ दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलिले जानकारी दिए । गत आइतबार राती कोसी गाउपालिकाको लौकहीमा आगलागी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);