नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि

divorce

अप्सरा लामिछान
काठमाडौं, १२ चैत । पछिल्लो समय नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि आएको छ । काठमाडौं जिल्ला अदालतमा मात्र चालु आर्थिक बर्षदेखी हालसम्ममा सम्बन्ध विच्छेदका १९ सय ३२ मुद्दा पर्नुले यसलाई पुष्टि गर्छ । सम्बन्ध विच्छेद गर्नेमा अधिकांश १८ देखि ३५ वर्ष उमेर समुहका रहेका छन् ।

श्रीमान् श्रीमतिलाई रथका दुई पाङ्ग्रा मानिन्छ । अझ श्रीमान् श्रीमतिको झगडा परालको आगो भन्ने उक्ति पनि नेपाली समाजमा व्यप्त छ । तर पछिल्लो समय सामान्य विवादमा पनि सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ ।

वैदेशीक रोजगारी, बालविवाह, महिलामा आएको चेतना आदि जस्ता कारक सम्बन्ध विच्छेदको प्रमुख कारण रहेको विश्लेषण गरिन्छ । तर, यस विषयमा गहन अध्ययन भने हुनसकेको छैन ।

चालु आर्थिक बर्षदेखि हालसम्ममा काठमाडौं जिल्ला अदालतमा मात्र १९ सय ३२ सम्बन्ध विच्छेदका उजुरी परेका छन् । जसमा १४ सय मुद्दाको फैसला भइसकेको र बाँकी बिचाराधिन अवस्थामा रहेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेदका लागि उजुरी दिनेमा अधिकांश १८ देखि ३५ बर्ष उमेर समुहका छन् । समाजशास्त्रीहरु भने महिलाहरु आर्थिक, सामाजिक, पारिवारिक रूपमा आत्मनिर्भर हुँदै जाँदा सामान्य खटपटमा पनि सम्बन्ध विच्छेद हुने गरेको तर्क गर्छन ।

पश्चिमा समाजमा सम्बन्ध विच्छेदलाई सामान्य मानिए पनि नेपाली समाजमा यसलाई अझै सामान्य रुपमा हेर्ने गरिँदैन । श्रीमान् र श्रीमतीबीचको आत्मिय र विश्वसनीय सम्बन्धले नै परिवारलाई थप मजबुद बनाउँछ ।

हरेक मानिसलाई स्वतन्त्र जीवन जिउने अधिकार भए पनि सामान्य विवादमा पनि सम्बन्ध विच्छेद गर्ने प्रवृति मौलाउनु समाजका लागि उचित नहुने समाजशास्त्री बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);