राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला स्तरमा छुट्टै संरचना बनाउने | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला स्तरमा छुट्टै संरचना बनाउने

punarnirman

काठमाडौं, ११ चैत । भूकम्पपछिको पुननिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला स्तरमा छुट्टै संरचना बनाउने भएको छ । राज्यको पुनसंरचना भएसँगै जिल्ला स्तरका कार्यालय खारेज हुने भएपछि भूकम्प प्रभावित जिल्लाहरुलमा समन्वय गर्न छुट्टै संरचना बनाउने तयारी गरीएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चैत २० गतेसम्ममा नयाँ संरचना बनाउने गरी तयारी भइरहेको जानकारी दिए । भुसालले आवश्यक प्राविधिक, काठ, ढुंगा, गिटी, बालुवा लगायतमा देखिएका समस्या हटाइ घर बनाउने तालिमसमेत सम्पन्न भैसकेकाले अब तोकिएकै समयमा सबै काम सम्पन्न हुने दाबीसमेत गरे ।  तर निवर्तमान सरकारले भूकम्पपिडीतलाई थप एकलाख दिने भनेर घोषणा गरेको रकमको निर्णय भने प्राधिकरणमा नआएको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);