नेपालको सार्वभौमसत्ताको अबमूल्यन नगर्न प्रधानमन्त्री ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

नेपालको सार्वभौमसत्ताको अबमूल्यन नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अबमूल्यन नगर्न मित्रराष्ट्रहरुलाई चेतावनी दिएका छन् ।

PM oli

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अबमूल्यन नगर्न मित्रराष्ट्रहरुलाई चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएकोमा आपत्ति जनाए । उनले नेपालको सार्वभौमसत्ताको अवमूल्यन हुने गरी आएको प्रतिवेदन तत्काल फिर्ता लिनुपर्नेमा जोड दिए ।

संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन नगर्न मित्रराष्ट्रहरुलाई चेतावनीसमेत दिए । इयूको प्रतिवेदनले नेपाललाई हेपेको महसुस भएको भन्दै उनले निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका संस्थालाई फिर्ता पठाएको प्रतिशोध प्रतिवेदनमा देखिएको आरोप लगाए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रासाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);