नयाँ योजना निर्माणका लागि कांग्रेसमा महासमिति बैठकको माग | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

नयाँ योजना निर्माणका लागि कांग्रेसमा महासमिति बैठकको माग

congress-meeting

काठमाडौं, १० चैत । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै नयाँ योजना निर्माणका लागि महासमिति बैठकको माग गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रिय सदस्यहरुले चुनावी हारको कारण विधि विधान विपरीत चल्ने नेतृत्व भएको भन्दै महासमिति बैठक डाक्न माग गरेका हुन ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई व्यवस्थीत गर्ने विषयमा भएका कमि कमजोरी, टिकट वितरणमा भएका कमि कमजोरी, संसदीय बोर्ड गठनको विषय लगायतका विषयमा छलफल भएको बताए । चुनावनी पराजयको सन्दर्भमा गहन रुपमा समिक्षा गरी अब महासमितिको बैठकमा गएर सबै समस्या समाधान गरीने उनको भनाई छ ।

बैठकमा अधिकांस सदस्यहरुले नेपाली काँग्रेस विधिको शासनको वकालत गर्ने भएकाले विधानले तोकेको परीधिमा रहेर चल्नुपर्ने विषयमा कुरा उठाएका छन् । केन्द्रिय सदस्य कल्याण गुरुङ्गले विधान र केन्द्रिय कार्यसमितिको निर्णयको परीधिभित्र रहेर व्यक्तिहरु चल्नुपर्ने नीतिहरु तय गनुपर्ने बताए । राज्यको पुनरसंरचना अनुसार पार्टिका संगठनहरु निर्माण गर्नका निम्ति योजना बनाएर संगठनका संरचनाहरु चुस्त दुरुस्त बनाउने गरी निर्णय गरीने उनको भनाई छ ।

केन्द्रिय सदस्य नविन्द्रराज जोशीले हरेक परीवर्तनको मियोको रुपमा रहेको नेपाली काँग्रेसले सबै परीवर्तनको नेतृत्व लिएपनि किन सरकार बनाउने गरी जित हासिल गर्न सकेन भन्ने विषयमा छलफल भैरहेको बताए ।

उनले जनताका मुद्दाहरु, जनता र पार्टीबीचको सम्बन्ध, पार्टी र नेतृत्वको अवस्था लगायतका कमिकमजोरीका विषयमा समिक्षा गरीने बताउँदै विधि विधान विपरीत भएका सबै कुराहरु खारेज गरेर नयाँ तरिकाले विधान अनुसारका काम गर्नुपर्ने बताए ।

निर्वाचनको हार र त्यसपछिको परीस्थितीको समिक्षा गर्न बसेको बैठकमा सभापतिको आलोचना भएपनि सभापति देउवा पक्षधरले भने उनको कार्यको बचाउ गर्दै आएका छन् । केहीदिन अझै चल्ने बैठकमा महासमिति बैठक बोलाउनुपर्ने माग रहेपनि महासमिति बोलाउने नबोलाउने निर्णय सभापति देउवाकै स्वविवेकमा भरपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);