अफगानिस्तान विश्वकपमा छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तान विश्वकपमा छनोट

afghanistan

एजेन्सी , १० चैत । अफगानिस्तान लगातार दोस्रोपटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । हरारेमा अफगानिस्तानले आयरल्यान्डलाई ५ विकेटले हराउँदै सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । सुपर सिक्समा ६ अंकका साथ अफगानिस्तान दोस्रो रह्यो । सुपर सिक्समा सर्वाधिक ८ अंक जोडेको वेस्टइन्डिज अगाडि नै विश्वकपमा पुगेको थियो । अफगानिस्तानको जितसँगै जिम्बावे र स्कटल्यान्ड विश्वकप खेल्नबाट वञ्चित भएका छन् ।

मध्यम योगफल
पहिलो ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । प्रत्युत्तरमा अफगानिस्तानले ४९.१ ओभरमा ५ विकेटको नोक्सानीमा २ सय १३ रन जोड्दै आयरल्यान्डलाई स्तब्ध बनायो । जिम्बावेको जितमा मोहमद सहजादले सर्वाधिक ५४ तथा गल्वदिन नैवले ४५ रनको योगदान दिएका थिए । यसअघि बलिङमा अफगानिस्तानका रसिद खानले ३ विकेट लिएका थिए ।

दरिलो ओपनिङ
अफगानिस्तानका ओपनर मोहमद र गुल्विदिनले पहिलो विकेटका लािग सानदार साझेदारी गर्दै जितको आधार खडा गरे । मोहमद र गुल्विदिनले पहिलो विकेटका लागि १६.३ ओभरमा ८६ रन बनाए । मोहमदले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । गुल्विदिनले ९१ बलमा ३ चौका प्रहार गरेका थिए । आयरल्यान्डका सिमी सिंहले मोहमदको विकेट लिएका थिए ।

कप्तानको कप्तानी इनिङ
उत्कृष्ट सुरुवात पाएको अफगानिस्तानले ३ विकेट छिटै गुमाएको थियो । रहमत साह (१२), सैमिउल्लाह सेन्वारी (२७) र मोहमद नावी (१२) रनमा आउट हुँदा अफगानिस्तान १४५–४ को स्थितिमा रह्यो । त्यसपछि कप्तान अस्घर स्टानिकिज र नाजिवुल्लाह जर्दानले छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै अफगानिस्तानलाई सानदार जित दिलाए । अस्घरले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३९ रन बनाए । त्यस्तै, जर्दानले १५ बलमा १ छक्काको सहयोगमा १७ रन जोडे ।

पाउलको अर्धशतक
आयरल्यान्ड र अफगानिस्तानमध्ये एक टोली विश्वकपमा पुग्ने समीकरण थियो । आयरल्यान्डका ओपनर पाउल स्ट्रिलिङले टोलीलाई मजबुत स्थानमा पु¥याउन भरपुर कोसिस गरेका थिए । उनले ८७ बलको सामना गरी ३ चौका र १ छक्काको सहयोगमा ५५ रनको योगदान दिए । उनले कप्तान पोर्टफिल्डसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । पोर्टफिल्डले ४५ बलमा २ चौकाको सहयोगमा २० रन बनाए । सो इनिङमा केभिन ओ‘ब्रिनले ३७ बलमा ४१ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीयमा रसिदको कीर्तिमान
विश्वकप छनोटमा अफगानिस्तानका स्पिनर रसिद खानले कीर्तिमान बनाएका छन् । उनले सबैभन्दा कम खेलमा सय विकेट लिने बलरका रूपमा आफूलाई स्थापित गरेका छन् । रसिदले ४३ खेलमै सय विकेट लिएका हुन् । आयरल्यान्डविरुद्ध उनले ४० रन खर्चेर ३ विकेट हात पारे । यसअघि अस्ट्रेलियाका बे्रट लीले ५५ खेलमा सय विकेट लिएका थिए ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);