कांग्रेस केन्द्रीय समितिकाे बैठक शुक्रबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समितिकाे बैठक शुक्रबार बस्दै

congress logo

संगठनका महत्वपूर्ण पदमा नियुक्ति गर्ने सभापति देउवाको तयारी –

काठमाडौं, ८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । बैठकमा चुनावी नतिजाको समीक्षा, प्रतिपक्षीको भूमिका र आगामी कार्यदिशाबारे विस्तृत छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमार्फत पार्टी नेतृत्वले संगठनका महत्वपूर्ण पदमा नियुक्ति गर्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संगठनको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री मानबहादुर विश्वकर्मालाई मनोनयन गर्ने तयारी गरेका छन् ।

बैठकमा सहभागी हुन पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);