कांग्रेस बैठक : सभापति देउवाले आज जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

कांग्रेस बैठक : सभापति देउवाले आज जवाफ दिने

काठमाडौँ, १० साउन । गत साउन २ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजे बस्दैछ ।

केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । र सोमबारदेखि पार्टी पदाधिकारीले आफ्नो धारणा राख्न सुरु गरेका छन् । जसअनुसार सोमबार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखे ।

करिब १ वर्षपछि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयमा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ । बैठक अघि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);