विदेश गएका नेपालीलाई पनि मतदानमा सहभागी गराउन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

विदेश गएका नेपालीलाई पनि मतदानमा सहभागी गराउन सर्वोच्चको आदेश

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि मतदान प्रक्रियामा सहभागी गराउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले रोजगारमा गएका नेपालीलाई कार्यरत देशबाटै मतदानमा सहभागी गराउन सरकारलाई निर्देशनात्मक आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने आएको छैन ।

सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्चले वैदेशिक रोजगारीमा गएका नेपालीले पनि मतदानमा सहभागी हुन पाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । विदेशमा रहेका नेपालीले पनि मतदान प्रक्रियामा सहभागि हुनुपर्ने माग राख्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);