इयूले सार्वजनिक गरेको प्रतिवेदन झुठो र तथ्यहीन : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ८ चैत । निर्वाचन आयोगले यूरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ती जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगले युरोपेली संघले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन झुठो र तथ्यहीन भएको जनाएको छ । आयोगले अन्तर्राष्ट्रिय मान्यता अनुसार नै तीन तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेको छ ।

तर, क्षेत्राधिकार बाहिरका कतिपय विषयहरू समेत संलग्न गरी इयूले तयार पारेको प्रतिवेदन आफनो सीमाभन्दा बाहिरको भएको आयोगले जनाएको छ ।

युरोपियन युनियनले निर्वाचन सम्बन्धी कानूनमा खस क्षेत्रीलाई आरक्षण कोटामा राख्न नहुने सुझाव सहितको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो । प्रतिवेदनमा निर्वाचन आयोगको काम पनि पारदर्शी नभएको दाबी गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);