महिला र पुरुष मजदुरको ज्यालामा विभेद | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

महिला र पुरुष मजदुरको ज्यालामा विभेद

सुशील भण्डारी

अछाम, ८ चैत । सरकारले महिला र पुरुषको समान कामको समान ज्याला घोषणा गरेको छ । तर अछामका महिला मजदुरहरुले पुरुष सरह काम गरेपनि ज्याला समान नपाएको गुनासो गरेका छन् ।

अछामको मंगलसेन नगरपालिकाका महिला मजदुरहरुले सडक राजमार्गमा पुरुष सरह काम गर्ने गरेका छन् । तर उनीहरुले पुरुष सरह समान ज्याला नपाएको गुनासो गरेका छन् । ठेकेदारले महिला मजदुरहरुलाई कम ज्यालामा काम लगाउने गरेको उनीहरुको भनाई छ ।

महिला र पुरुषको समान ज्याला कागजमा मात्र सिमित भएको अधिकारकर्मीहरु बताउँछन् । उता ठेकेदारहरुले भने महिला र पुरुषको काममा विभेद नगरि ज्याला दिएको दाबी गरेका छन् ।

महिला पुरुषहरुको समान कामको समान ज्याला दिने कुरा कागजमा सिमित नराख्न महिला मजदुरहरुले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);