डोटी, ७ चैत । डोटीको दिपायल सिलगढी नगरपालिका ३ कठायत टोलमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
सडक माथीबाट माटोको ढिस्को झर्दा पुरिएर शिखर नगरपालिका ११ की यसोदा बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ । माटोको ढिस्को झर्दा तेजबहादुर शाहु गम्भीर घाईते भएका छन् । शाहुकोे दिपायलको शैलेस्वरी अस्पतालमा उपचार भईरहेको छ ।