मेलम्ची खानेपानी आयोजनाले तलव नदिएको भन्दै मजदुर आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्ची खानेपानी आयोजनाले तलव नदिएको भन्दै मजदुर आन्दोलित

सिन्धुपाल्चोक, ७ चैत । मेलम्ची खानेपानी आयोजनाले तलव नदिएको भन्दै मजदुरहरु आन्दोलित भएका छन् । सडक मर्मतमा खटिएका १२ मजदुरले पाँच महिनादेखि तलब नपाएको भन्दै आन्दोलित भएका हुन् ।

मजदुरहरुले मेलम्चीदेखि सुरुङसम्मको खण्डमा आयोजनाका गाडी चल्न दिएका छैनन् । लामो समयसम्म तलब नपाएकाले आन्दोलन गर्न बाध्य भएको मजदुर बुद्धिबहादुर जोतीले बताए । दैनिक ४ सय ५० रुपैयाँमा काम गर्दै आएका मजदुरहरुले आफ्नो तलव उपलब्ध गराउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);