एक सिजनमा २ करोड सम्मको अलैची बिक्री | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

एक सिजनमा २ करोड सम्मको अलैची बिक्री

सुजन बज्राचार्य
संखुवासभा, ७ चैत । संखुवासभाका अधिकांश कृषकको अलैची खेतीबाट जीवनस्तर सुध्रिएको छ । कृषकले एक सिजनमा २ करोडसम्मको अलैची बिक्री गर्ने गरेका छन् । संखुवासभामा उत्पादित अलैची विदेशमा समेत निर्यात हुने गरेको छ ।

खाँदबारी नगरपालिका ४ सेकाहाका छत्रमणी काफ्लेले अलैची खेतिबाट राम्रो आम्दानी गरेका छन् । उनले अलैची बिक्रिबाट भएको आम्दानीले छोराछोरीलाई राम्रो बिद्यालयमा अध्यायन गराएका छन् । एक सिजनमा २ करोडसम्मको अलैची बिक्रि गरेको उनले बताए । उनीमात्र हैन मकालु गाउँपालिकाका वाङछे शेर्पाले पनि अलैची बिक्रि गरेर राम्रो आम्दानी गरेको बताउँछन् ।

अलैचीको मुल्य घटेपनि उत्पादन बढेको खण्डमा फाईदा नै हुने उनले बताए । राम्रो स्याहार र हेरचाह गर्न सके अलैचीले किसानको जीवनस्तर उकास्ने उनको भनाई छ । कृषकले अहिले ४० हजार प्रतिमन सम्म अलैचीको मूल्य पाएका छन् ।

भारत बाहेकका तेस्रो मुलुकमा अलैची बजारको खोजी गर्न थालेपछी यो पेशामा कृषकहरुको आर्कषण बढेको छ । जिल्ला कृषि विकास कार्यालय संखुवासभाका अनुसार यो बर्ष दुई हजार सात सय हेक्टर जमिनमा ९ सय मेट्रिक टन अलैची उत्पादन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);