काठमाडौं, ६ चैत । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । देउवाले यसअघि दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरेका थिए ।