गृहमन्त्री थापाद्वारा केन्द्रीय कारागारको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

गृहमन्त्री थापाद्वारा केन्द्रीय कारागारको अनुगमन

ram bdr thapa

काठमाडौं, ६ चैत । गृहमन्त्री रामबहादुर थापाले कारागारहरुको अनुगमन गरेका छन् । गृहमन्त्री थापाले आज सुन्धारास्थित केन्द्रीय कारागार र डिल्लीबजारस्थित सदरखोरको अनुगमन गरेको हो ।

कारागार अनुगमनपछि गृहमन्त्री थापाले कैदीबन्दीको सुरक्षाका लागि चाँडै नै ठोस परिणाम देखिने कदम चाल्ने बताए । उनले जीर्ण कारागारमा क्षमताभन्दा कैदीबन्दी राखिंदा उनीहरुको स्वास्थ्यमा समस्या देखिएको भन्दै चार महिनाभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

अनुगमनका क्रममा कारागार प्रशासनले गृहमन्त्री थापासमक्ष नजिकैका अग्ला व्यापारिक भवन र पेट्रोल पम्पका कारण कारागारमा सुरक्षा जोखिम रहेको भन्दै यसतर्फ ठोस कदम चाल्न आग्रह गरेको छ । कारागार प्रशासनले क्षमताभन्दा धेरै कैदी र थुनुवाका कारण व्यवस्थापनमा निकै कठिनाई रहेको पनि बताएको छ ।

केन्द्रीय कारागरमा अहिले ८ सय २१ कैदी र ७ सय ७३ थुनुवा जना गरी १ हजार ५ सय ९४ जना बन्दी छन् । केन्द्रीय कारागार सँगैको भद्रगोल कारागारमा ६ सय ६५ बन्दी छन । सरकारले केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरणको निर्णय गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);