भारतको गुजरात राज्यबाट राज्य सभाका लागि तीन जना सांसद निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साउन २५ , काठमाण्डौँ । भारतको गुजरात राज्यबाट माथिल्लो सदन राज्य सभाको लागि भएको निर्वाचनमा सत्तारुढ दलका २ जना र भारतीय राष्ट्रिय कांग्रेसका १ जना निर्वाचित भएका छन् ।

तीन सिटका लागि भएको निर्वाचनमा भाजपाकाबाट अध्यक्ष अमित साह र केन्द्रीय मन्त्री स्मृति इरानी निर्वाचित हुनुभएको छ । भारतीय कांगे्रसबाट भने उम्मेद्वार अहमत पटेल निर्वाचित हुनुभएको हो । पटेललाई निर्वाचनमा हराउन सत्तारुढ भारतीय जनता पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लागेको थियो । भारतीय राष्ट्रिय कांग्रेसका दुई जना विधायकले आफूले भाजपाका उमेदवारलाई दिएको मत सबैलाई देखाएपछि कांग्रेसले भोट किनबेच भएको आरोप लगाउँदै तिनको मत रद्द गर्न निर्वाचन आयोगसँग माग गरेको थियो । राज्यसभाका लागि गोप्य मतदान हुन्छ । सार्वजनिक गरिएका मत निर्वाचन आयोगले रद्द गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);