काठमाडौं, ४ चैत । मनाङबाट प्रदेशसभामा निर्वाचित सांसद राजीव गरुङ (दिपक मानाङ्गे)को नाममा अन्तर्राष्ट्रि प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो ।
योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । मनाङ्गे हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।