शिक्षकहरु सहर केन्द्रित हुँदा ग्रामिण क्षेत्रको पठनपाठन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षकहरु सहर केन्द्रित हुँदा ग्रामिण क्षेत्रको पठनपाठन प्रभावित

प्रेम भाट
बैतडी, ४ चैत । शिक्षकहरु सहर केन्द्रित हुँदा बैतडीका ग्रामिण क्षेत्रको पठनपाठन प्रभावित भएको छ । सहरी क्षेत्रका सामुदायीक विद्यालयम विद्यार्थीको तुलनामा शिक्षक बढी हुनु र ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नुहँदा पठनपाठनमा समस्या देखिएको हो ।

राजनीतिक पहुँचको आधारमा बैतडीका सामुदायीक विद्यालयका शिक्षक सदरमुकाम केन्द्रित भएका छन् । कम विद्यार्थी भएको सदरमुकामका सामुदयीक विद्यालयमा शिक्षक खचाखच हुँदा ग्रामिण क्षेत्रको पठनपाठन भने शिक्षक अभावमा प्रभावित भएकोछ ।

सदरमुकाममा दरबन्दी भन्दा बढी शिक्षक भए पनि ग्रामिण क्षेत्रमा भने विद्यार्थीको अनुपातमा शिक्षक छैनन् । ग्रामिण क्षेत्रका विद्यालयहरु नीजि स्रोतबाट राखिएका शिक्षकको भरमा चलिरहेको छ । तर, तलब दिन नसक्दा विद्यालय सञ्चालन गर्न नै कठिनाइ भएको पाटन नगरपालिका–९ स्थित शिद्धेश्वर माद्यामिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र भट्टको भनाइ छ ।

विद्यालयमा देखिएको यस्तो समस्या समाधान गर्न दरबन्दी मिलान गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । स्थानीय तहको निर्वाचन पछि शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा गरेपछि खासै परिवर्तन नभएको स्थानीयको गुनासो छ । शिक्षा क्षेत्रमा देखिएको बेथिति हटाई गुणस्तरीय शिक्षाका लागि सम्बन्धित निकाय जिम्मेवार हुन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);