बिभिन्न कार्यक्रम गरि घोडेजात्रा पर्व मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिभिन्न कार्यक्रम गरि घोडेजात्रा पर्व मनाइयो

काठमाडौं, ३ चैत । प्रत्येक बर्ष चैत कृष्ण आैँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडाैँको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधिश दीपक जोशी लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो । त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठ, नेपाल स्थित कुटनितिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो ।

घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, साईकल दौड लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोजितामा उत्कृष्ठ घोडसवारहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् । गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ ।

घोडेजात्रा काठमाडाैँ उपत्यकामा मात्र मनाइने परम्परा भएपनि यसले राष्ट्रिय पर्वको मान्यता पाएको छ । सरकारले घोडेजात्राका अवसरमा काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);