घर फर्कन राधा चौधरीलाई स्थानीयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घर फर्कन राधा चौधरीलाई स्थानीयको आग्रह

कैलाली, ३ चैत । बोक्सीको आरोपमा कुटपिट भएकी राधा चौधरीलाई कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीयले घर फर्कन आग्रह गरेका छन् ।

शनिबार राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बोक्सी प्रथा विरुद्धको जनचेतना फैलाउन सोही कथामा आधारित फिल्म ‘अग्निदहन’ देखाउने कार्यक्रममा पुगेकी राधालाई स्थानीयले घर फर्कन आग्रह गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले धर्म, परम्पराको नाममा महिलामाथी हुने हिंसा रोक्न सबैको अहम भूमिका हुने बताए ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसकै दिन राधा भोले बाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगीहरुबाट निरन्तर ६ घण्टासम्म निर्घात रुपमा कुटिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);