रामग्राम स्तुपाको संरक्षणमा स्थानीय जुटे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रामग्राम स्तुपाको संरक्षणमा स्थानीय जुटे

मोहम्मद ईजहार शेष
नवलपरासी, ३ चैत । नवलपरासीको रामग्रामस्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको संरक्षणमा स्थानीय जुटेका छन् । डेढ अर्ब चीनियाँ सहयोगमा स्थानीय जनप्रतिनिधिको अग्ररतामा स्तुपा संरक्षणको काम सुरु भएको हो ।

धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको रामग्राम स्तुपा संरक्षणको अभावमा ओझेलमा परेको थियो । शान्तिका अग्रदुत गौतम बुद्धको कुशीनगरमा महापरिनिर्वाण पछि प्राचीन कोलीय गणराज्यका राजाले बुद्धको अस्तुबाट रामग्राम स्तुपा बनाएका थिए ।

त्यसको संरक्षण परापूर्वकालदेखि नै नागवंशीले गर्दै आएका थिए । पछि मगधका सम्राट अशोक बुद्धका अनुयायी भएपछि मगध लगायत सात स्तूप उत्खनन् गराई विश्वको ८४ हजार स्थानमा वितरण गरी स्तूपा र विहारको स्थापना गर्न लगाएका थिए ।

रामग्राम स्तूपको उत्खनन् गराउन खोज्दा नागवंशीको आग्रहमा उत्खनन नगराई जस्ताको तस्तै छाडिदिएका कारण अहिले विश्वको एक मात्र वास्तविक रामग्राम स्तूप अवस्थित छ ।

स्तूपा पत्ता लागेको शताब्दी बितिसक्दा पनि यसको उत्खनन् र संरक्षणमा सरकारी ध्यान पुग्न सकेको थिएन । तर, नवनिर्वाचित जनप्रतिनिधि आए पछि यसको संरक्षणमा चाँसो देखाइएको छ । पछिल्लो समय रामग्राम नगरपालिकाले चीन सरकारको सहयोगमा स्तुपाको संरक्षण गर्दै छ ।

स्तुपाको विकासका लागि चिनीयाँ टोलीले अवलोकन गरी छिटो काम अगाडि बढाउन अग्रसरता देखाएको छ । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बौद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको व्यवस्थीत विकासका लागि चीनसँग सहकार्य गरिएको बताए ।

रामग्राम स्तुप १२ विगाहा क्षेत्रफलमा फैलिएको छ । यो सँगै रहेको अन्य ७ विगाहा क्षेत्रफलमा म्युजीकल वाटर फाउन्टेन, ग्रीन पार्क, आध्यात्मीक गृह, लाईभ कन्सर्ट हल, फुट कोट लगायत स्थान रहने नगरपालिकाले जनाएको छ ।

यस स्तुपामा विशेष गरि चीन, भारत, थाईल्याण्ड, भियतनाम, जापान, श्रीलंका, कोरिया लगायतका देशबाट मासिक करिब पाँच सय पर्यटकहरु आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);